कामना सेवा विकास बैंकद्वारा आँखा अस्पताललाई वाटर डिस्पेन्सर सहयोग

कामना सेवा विकास बैंकले रुपन्देहीको कञ्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर सहयोगस्वरुप हस्तान्तरण गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको गरगरे शाखा प्रमुख बाबुराम रेग्मीले लायन्स आँखा हस्पिटलका निवर्तमान अध्यक्ष गणेश आचार्यलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् । 

वाटर डिस्पेन्सर सहयोगबाट आँखा अस्पतालमा आउने बिरामीलाई सहज हुने अपेक्षा बैंकको छ । कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले बैंकबाट प्राप्त सहयोगले अस्पतालको सेवा सञ्चालन थप सहज हुने बताए ।