प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने भएका हुन् ।
‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ, तर प्रधानमन्त्रीज्यूलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौं,’ बर्तौलाले भने, ‘आइतबार नै विश्वासको मत लिनेगरी हामी अघि बढ्छौं ।’
त्यस दिन उनले देशवासीका नाममा सम्बोधन गरेर त्यसपछि विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री ओलीले गत सोमबार शपथ ग्रहण गरेका थिए ।