एमाले र माओवादीका सांसद छलफलमा

बजेट प्रकरणमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । बुधबार ११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । ११ बजे नै बैठकमा सहभागी हुन पुगेका सांसदहरु अलमलमा परेका छन् । उता एमाले र माओवादीका सांसदहरु आन्तरिक छलफलमा लागिरहेका छन् ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले आफुहरु अर्थमन्त्रीको राजीनामाको पक्षमा रहेको भन्दै राजीनामा दिए संसद बैठक सहजै चल्ने बताए ।

बजेट निर्माणका सवालमा प्रमुख प्रतिपक्षले प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले आज बस्ने संसद बैठकमा आफ्नो धारणा राख्ने तयारी भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न जानै नदिने अडान लिएको छ । यसैबीच अर्थमन्त्री शर्मा पार्टीको बैठकका लागि प्रज्ञा भवनतर्फ लागेका छन् ।

सम्बन्धित समाचार