पदाधिकारी छान्न सकेन माओवादीले, २-४ दिनमा प्रचण्डले नाम प्रस्ताव गर्ने

नेकपा माओवादी केन्द्रको आजको केन्द्रीय समिति बैठकले पदाधिकारी छान्न सकेन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २-४ दिन भित्र पदाधिकारीको नाम प्रस्ताव गर्ने बताएका छन् ।

पदाधिकारी छान्न समय अपुग भएको उनको भनाई छ । ‘समय अपुग भयो, २-४ दिन दिनुस्, सबैलाई खुसी बनाउने गरी पदाधिकारी टुंगो लगाउँछु’ प्रचण्डले भने ।

केन्द्रीय समिति बैठकले माओवादी केन्द्रको १५६ सदस्यीय पोलिट्ब्यूरो र ४१ सदस्यीय स्थायी समिति टुंगो लगाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार