जसपा विवाद : उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा जारी

जसपा नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजधानीमा विस्तारित बैठक आयोजना गरेकै दिन अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा कार्यकारिणी समिति बैठक आयोजना गरेका हुन् ।

पुजन होटलमा आयोजित बैठकमा अध्यक्ष उपेन्द्र यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, सुशीला श्रेष्ठ, रामसहाय यादव, मनिष सुमन, परशुराम बस्नेत, विजय यादव, मृगेन्द्र सिंह यादव, रकम चेमजोङ, रनध्वज कन्दङ्वा, युवराज कार्की, गजेन्द्र यादव, प्रकाश अधिकारी, शिवलाल थापा उपस्थित छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार