धनकुटामा प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले धनकुटामा नयाँ शाखा स्थापना गरेको छ । धनकुटा नगरपालिका-७ हुलाक टोल चुवाको बोट छेउमा बैंकको ३१०औं शाखा स्थापना गरिएको हो ।

शाखा आइतबारदेखि सञ्चालनमा आएको बैंकले जनाएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र बैंक प्रदेश कार्यालय प्रमुख बद्रि कटुवालले संयुक्त रुपमा शाखा उद्‍घाटन गरेका हुन् । नगर प्रमुख तामाङले धनकुटामा शाखा विस्तारले आर्थिक गतिविधि चलाएमानमा सहयोग पुग्ने बताए ।

यस क्षेत्रका ग्राहकले पूर्ण बैंकिङ सेवा पाउने शाखाका प्रबन्धक विनिता तिवारीले जानकारी दिइन् ।