टिप्परको ठक्करबाट आइतबार एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ग ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बा प ४ ख २९०१ नम्बरको टिप्परले मध्यपुरथिमि-४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।
मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक महाकाल गाउँपालिका–६ घर भई हाल कमलविनायक बस्ने २० वर्षीय सञ्जीव थापा मगर घाइते छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।
प्रहरीले दुर्घटनामा संलग्न टिप्पर र चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुर–६ बस्ने २८ वर्षीय राजकुमार राईलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरू गरेको कार्कीले बताए ।