निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिनका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै साँझ ५ बजेसम्मका लागि सरेको संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए ।
दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको पाण्डेले बताए । प्रधानलाई गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो भने उनीविरुद्धका उजुरीमध्ये एक महिलाले आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन् । प्रधानलाई अनुमोदन नगर्न चर्को दबाब पर्न थालेको छ ।