भारतमा काेराेना बढ्याे , एकै दिन २० हजार जनामा संक्रमण पुष्टि

बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजारभन्दा बढी कोभिड–१९ संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ।

यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना संक्रमितको संख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ।

देशभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय संक्रमित छन्। पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमणमुक्त भएकाको संख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ। कोरोना संक्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार