दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले गरे पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

Image

दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

मृतकका आफन्तले दोषीमाथि कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै पूर्व-पश्चिम राजमार्ग बन्द गरेका हुन् ।

मंगलबार बिहान भालुवाङ पुल्चोकस्थित तीनकुने चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सुप प्र ००१६ ख २७७९ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ५० वर्षीय लोकप्रकाश भट्टराईको मृत्यु भएको थियो ।

भट्टराईलाई बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।