इजरेल-प्यालेस्टिनीबीच संघर्षविराम

इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घषविरामका लागि सहमत भएका छन् । ११ दिन लामो हिंसात्मक द्वन्द्वपछि उनीहरु संघर्षविरामका लागि तयार भएका हुन् । बीबीसीका अनुसार शुक्रबार बिहानदेखि २ बजेबाट संघर्षविराम लागू भएको छ ।

पछिल्लो द्वन्द्वमा १ सय जना बालबालिका र महिलासहित कम्तीमा २ सय ३२ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । त्यस्तै इजरायलतर्फ २ जना बालबालिकासहित १२ जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार हमासले अहिलेसम्म करिब ४ हजार रकेट प्रहार गरेको थियो । त्यस्तै इजरायली सेनाले पनि सयौँ हवाई आक्रमण गर्दै गाजामा रहेका महत्त्वपूर्ण भौतिक संरचना ध्वस्त बनाएको थियो ।

गाजामा बीबीसीका संवाददाता रुश्दी अबुलफका अनुसार इजरायली सरकार सुरक्षा मामिलासम्बन्धी क्याबिनेटको बैठक पछि युद्धविरामको लागि तयार भएको हो ।

रुश्दीले युद्धविराम सम्बन्धी वार्ता सम्बन्धी स्रोतलाई उद्धृत गर्दै भनेका छन् ‘इजरायली पक्षले यस सम्बन्धमा इजिप्टलाई समेत जानकारी दिइसकेको छ ।’ यस विषयमा इजिप्टले पनि सक्रिय भूमिका खेल्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार