साउदीमा अलपत्र ९३ नेपालीलाई एक्जिट भिसा

काठमाडौँ– साउदीअरब–खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन भिसा पाएका छन् ।

रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिसाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिसा प्राप्त गरेका हुन् ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दूतावासले साउदी अरब सब्न्धित निकायमा अनुरोध गरेको थियो । जसअनुसार साउदी सरकारले ९३ जना नेपालीलाई सो भिषा उपलब्ध गराएर नेपाल फर्कने वातावरण तय गरिदिएको हो ।

 

सम्बन्धित समाचार