ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव भेटिएको छ ।
आइतबार बिहान ८ बजे ललितपुर महानगरपालिका-१ को वडा कार्यालय नजिक घोप्टो परेको अवस्थामा बागमती किनारमा अन्दाजी ४०/४२ वर्षका पुरूषको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार शव धेरै पुरानो जस्तो पनि देखिँदैन । शव नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।
शवको पहिचान खुलाउने प्रयास जारी रहेको र घटनाको अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए ।














