सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमल शाह दोहोरिने पक्का, दाबी पेश गर्दै

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह दोहोरिने भएका छन् । नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका शाह मुख्यमन्त्रीमा दोहोरिन लागेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समय आज सकिँदै छ । शाह मुख्यमन्त्रीमा दाबी पेस गर्न जाने तयारीमा छन्।

दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नै नयाँ सरकार गठनको आह्वान गरेका थिए । उनले मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् ।

सोही अनुसार आज कांग्रेसले शाहलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्न लागिएको हो । शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।