कालोपुलमा मृत भेटिए युवक, हत्याको आशंकामा श्रीमतीसहित दुई जना पक्राउ

काठमाडौंको कालोपुलमा एक युवक मृत भेटिएका छन् । विगत एक महिनादेखि कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत दर्जी मृत भेटिएका हुन् ।

धारिलो हतियार प्रहार गरी हत्या गरेर झुण्ड्याएको अवस्थामा आइतबार बिहान दर्जीको शव भेटिएको प्रहरीले जनाएको छ । उनको स्थायी ठेगाना ओखलढुंगाको लिखु गाउँपालिका–९ रहेको प्रहरीले जनाएको छ ।

दर्जीको हत्या गरिएको आशंकामा प्रहरीले उनकी श्रीमतिसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पक्राउ पर्नेहरुमा मृतक महतका श्रीमती ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा सार्की र सोही ठाउँका २७ वर्षीय मदन रम्तेल छन् ।

उनीहरु विगत १ महिनादेखि उक्त कोठा बस्दै आएका थिए ।