अविरल वर्षाको कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । मंगलबार बिहान सवा- ११ बजे काभ्रेको रोशीमा लेदोसहितको बाढीले बीपी राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका- ११ माम्तीस्थित खहरे खोलामा आएको लेदोसहितको बाढीले दुबै तर्फको सडक अवरुद्ध भएको छ ।
घटनास्थलमा अहिले ट्राफिक प्रहरीसहितको प्रहरी टोली खटिएको छ । स्थानीय तह र सडक विभागसँग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।