काभ्रेको धुलिखेल नगरपालिका–४ श्रीखण्डपुरमा ढलभित्र छिरेर बेपत्ता भएकी महिलाको शव भेटिएको छ ।
मृत्यु हुनेमा रामेछापको खाडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदास रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान बाटोमा हिंड्दा उनी ढलको मकलभित्र छिरेर बेपत्ता भएकी थिइन् ।
खोजतलास गर्ने क्रममा साढे ११ बजे बगाएको ठाउँबाट अन्दाजी ३ सय मिटरजति तल खेतमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी राजकुमार श्रेष्ठले बताए ।