सुजुकी एभेनिस स्कुटर नेपाली बजारमा सार्वजनिक

काठमाडौँ– नेपाली बजारमा सुजुकी एभेनिस स्कुटर सार्वजनिक भएको छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सो स्कुटर नेपाली बजारमा उपलब्ध गराएको हो ।

केही महिनाअघि सुजुकी एभेनिस भारतीय बजारमा सार्वजनिक गरिएको थियो भने नेपाली बजारमा समेत सो स्कुटरको माग बढ्दै गएकाले नेपालमा पनि सार्वजनिक गरिएको हो । एभेनिस धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ ।

सुजुकी एभेनिसमा एफआई टेक्नोलोजी सहितको १२५ सीसी इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ ।

सो स्कुटरको अघिल्लो चक्कामा ड्रम ब्रेक र डिक्स ब्रेकको अप्सन छ र पछिल्लो चक्कामा ड्रम ब्रेक रहेको छ । यो स्कुटरको फ्रन्टमा टेलीस्कोपीक सस्पेन्सन र रियरमा स्वीङ आर्म सस्पेन्सन दिइएको छ । यसको १२  इन्च अलोय रिममा ९०–९०–१२ र ९०–१००–१० ट्युबलेस टायर रहेको छ ।

सुजुकी एभेनिस १२५ को लम्बाई १८९५ एमएम, चौडाई ७१० एमएम, उचाई ११७५ एमएम, १२६५ एमएम ह्वीलवेस र १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

सुजुकी एभेनिसमा ब्लुटूथ केनेक्टिभिटी, एप वेस कनेक्टिङ फिचर, चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलईडी हेडल्याम्प तथा एलईडी डीआरएल, फ्रन्ट ग्लोभबक्स, साइड स्ट्यान्ड इन्जिन कट जस्ता फिचर उपलब्ध छन ।

कम्पनीले सुजुकी एभेनिस १२५, एनटर्क १२५ जस्तै स्पोर्टी लुक र सार्प डिजाइनमा निर्माण गरेको छ । सुजुकी एभेनिसमा यूएसबी सकेटको साथमा ठुलो अन्डर सिट स्पेस पनि दिइएको छ । सुजुकी एभेनिस १२५ मेटालिक ट्राइटन ब्लू कलर सहित ५ नयाँ कलर अप्सनमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचार