बाल्टिनको पानीमा डुबेर ११ महिने नाबालिकाको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने नाबालिकाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो । बालिका सोमबार साँझ बाल्टिनमा रहेको पानीमा डुबेकी थिइन् । उनको उपचारको क्रममा ख्वप अस्पताल च्यामासिंहमा मृत्यु भएको प्रहरीले जनाएको छ ।