फोहोर फालेको विषयमा विवाद हुँदा छिमेकीको हत्या

रौतहट । जिल्लाको चन्द्रपुरका नगरपालिका वडा नम्बर ४ का ७७ वर्षीय रामगोपाल घिमिरेको मृत्यु प्रकरणमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रनिगाहपुरमा चौधरी चिया पसल संचालन गरेर बस्ने प्रमीला चौधरी ,उनका श्रीमान रामचन्द्र चौधरीलाई र उनीहरुका छोरा अजय चौधरी रहेका छन्।

घिमिरेको कुटपिटबाट मृत्यु भएको भन्दै घटनामा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । चौधरी परिवारको कुटाइबाट घिमिरेको मृत्यु भएको भन्दै अनुसन्धान अगाडि बढेको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी सन्तु जैसवारले बताए ।

गत साउन ४ गते फोहोर फालेको विषयमा घिमिरे र चौधरी परिवारबीच विवाद भएको थियो । विवादपछि चौधरी परिवारले कुटपिट गरेको घिमिरे परिवारको आरोप छ ।

सम्बन्धित समाचार