लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा आत्मराम भण्डारी

लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको पद हस्तान्तरण तथा अवार्ड कार्यक्रम सम्पन्न भएको छ । बुटवलको एसियन होटेलमा ४ औँ पद हस्तान्तरण तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको हो । बैठकमा २०२३/२४ का अध्यक्ष लियो जीवन थापालेले वर्ष२०२४/२५ का अध्यक्ष लियो आत्मराम भण्डारी (गोकुल) लाई पद हस्तान्तरण गरेका छन् ।

पद हस्तान्तरण गर्दै २०२४/२५का अध्यक्ष थापाले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै नवनिर्वाचित अध्यक्ष भण्डारीले २०२४/२०२५ वर्षको लागि बोर्ड साथै सदस्यहरूको परिचयात्मक कार्यक्रमबाट वर्षभरि गर्ने कार्यहरूको योजनाहरू प्रस्तुत गरे । भण्डारीले क्लबको सचिवमा लियो सागर बस्याल तथा कोषाध्यक्षमा लियो लक्ष्मण खनाल रहेको जानकारी दिएका छन् ।

कार्यक्रम बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे ,लियो क्लब जिल्ला ३२५ पी नेपालकी अध्यक्ष श्रद्धा कुवर, चार्टर अध्यक्ष कमल थापा क्षेत्री, लायन्स ईन्टरनेस्नल चार्टर चिफ यादुमनि पोख्रेल लगायतको आतिथ्यमा सम्पन्न भएको हो ।