काठमाडौं । अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
पार्किङका लागि छुट्याइएको स्थानमा समेत कम्प्लेक्सले व्यापारका लागि संरचना बनाएको पाइएपछि महानगरपालिकाले बिहीबार दिउँसो डोजर चलाएको हो। यसअघि कम्प्लेक्सका मालिकले अवैध संरचना हटाउन भन्दा उल्टै मेयर बालेन शाहसँग सवाल जवाफ गरेका थिए ।
उक्त कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् ।
अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’
बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् भन्ने कामना पनि गरेका छन् ।