बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर- १० आरुपाटामा पहिरोमा बेपत्ता तीन वर्षीय आरुष थापाको शव भेटिएको छ ।
उद्धारमा खटिएको टोलीले बुधबार उनको शव भेटाएको हो । आरुषको शव भेटिएसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसअघि मंगलबार ८ जनाको मृत्यु भइसकेको छ ।
मंगलबार गएको पहिरोमा बेपत्ता अझै तीन जनाको अवस्था थाहा हुन सकेको छैन । बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वलीका अनुसार ११ वर्षीय सुमन थापा, ७ वर्षीया मधु थापा र १० वर्षका मनोज बुढाको खोजी जारी छ ।















