राष्ट्रपति भण्डारी र लोसपाका नेताहरुबीच भेटवार्ता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

शनिबार शीतल निवास पुगेर लोसपाका नेताहरुले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । उनीहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।राष्ट्रपतिलाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरु शितल निवास पुगेका थिए । प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकमा भएका विषयवस्तु, अध्यादेशका रुपमा राष्ट्रपतिले पनि जारी गरिसकेको भन्दै उनीहरुले धेरै चिन्ता गर्न नपर्ने बताएका थिए ।

उनीहरुले भनेका थिए, ‘कुनै पनि बोनाफाइड नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनु हुन्न ।’

जवाफमा राष्ट्रपति भण्डारीले नागरिकता कुनै ठाउँरक्षेत्र विशेषको नभई राष्ट्रिय समस्या भएको र यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार