भारततर्फ तस्करी गर्न लागेको ६११ किलो गाँजा समातियो

Image

भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा प्रहरीले महोत्तरीबाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ बाट छ सय ११ किलोग्राम गाँजासहित बुधबार राति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार पक्राउ पर्नेमा विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरी रहेका छन् ।

मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको जैसवालले बताए ।