काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

काठमाडौंको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगरपालिकाकोकार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

सडक भासिँदा बिहीबार रातिदेखि सवारी आवागमन प्रभावित भएको छ । यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।