भारतीय विदेशसचिव मिश्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन

Image

भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन् ।

दुईदिने नेपाल भ्रमणको क्रममा आइतबार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गरे । उक्त भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो ।

परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणमा काठमाडौं आएका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । त्यसैगरी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट गर्ने कार्यक्रम छ ।

विदेशसचिव भएपछि मिश्रीको यो पहिलो नेपाल भ्रमण हो । आज साँझ परराष्ट्रसचिव लम्सालले समकक्षी मिश्रीलाई रात्रिभोज दिनेछिन् । सोमबार बिहान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरी सोमवार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।