मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट ८ जना नेताले विद्रोहको घोषणा गरेका छन्। तीनजना सचिवालय सदस्यहरू हरिकृष्ण गजुरेल, भुपेन्द्र न्यौपाने र वसन्त बोगटीसहित आठ केन्द्रीय सदस्यले सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी पार्टीबाट विद्रो गरेको जनाएका छन्।
विज्ञप्तिमा मोहन वैद्यको शास्त्रीय चिन्तन र जडताबाट राष्ट्रिय मुक्तिको क्रान्ति सम्भव नभएको आरोप लगाइएको छ।
वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले भने लगातार ‘बैठकमा अनुपस्थित’ भएको भन्दै तीनैजना सचिवालय सदस्यलाई एक महिनाका लागि निलम्बन गरेको विज्ञप्तिमार्फत जनाएको छ।
यसअघि साउन १ गते पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला कञ्चनले पार्टी एकता भंग भएको घोषणा गरेका थिए । बास्तोलाले आफू नेतृत्वको नेकपा (बहुमत) ब्युँताएका हुन्।
![](https://www.tvannapurna.com/wp-content/uploads/2024/08/455157694_3405999789691238_3206445285837914495_n_ZIcJephv49-655x1024.jpg)