निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिरको तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीचको छलफलमा उक्त प्रस्ताव राखिएको हो ।
कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ पद रिक्त छ । प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका थिए । मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।
आयोगले मिति घोषणाअघि सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।