काठमाडौँ : इन्द्रजात्रा अवलोकन गर्न बोलाइएका पाहुनालाई काठमाडौँ महानगरपालिकाले बिदाइ गरेको छ। जात्राको अवलोकन, बसन्तपुर, हाँडीगाउँसहित भक्तपुर, ललितपुर र कीर्तिपुरको सम्पदा पद यात्रा, आन्तरिक भेट तथा छलफलसहित कार्यक्रम समापन गर्दै उनीहरुको विदाइ गरिएको हो।
विदाइ अवसरमा राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरिएको थियो। त्यस अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले, पर्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका कामको प्रशंसा गरेका थिए।
मन्त्री श्रेष्ठले भने,‘जात्राको गरिमा बढाउन महानगरले गरेका कामप्रति सरकारको तर्फबाट आभार प्रकट गर्न चाहन्छु।’ मौलिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको पर्वले दिएको उमङ्ग र एकतालाई सन्देशका रुपमा ग्रहण गर्नुपर्ने उनको भनाइ थियो।
समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले, काठमाडौँ उपत्यकाको नेवाः सभ्यताले नेपालको परिचय दिने भएकोले यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताए। ‘नेवाः सभ्यताभित्र परिचितमध्येको एक येयाँ पुन्ही अर्थात् इन्द्रजात्रामा गरिने हरेक सांस्कृतिक चाल चलनले सहरलाई जीवन्त देखाएका छन्।