अंश खोजेपछि सौतेनी आमाको हत्या

बारा – अंश मागेपछि सौतेनी आमाको छोराले हत्या गरेको रहस्य बाहिरिएको छ। बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरकी तेतरीदेवीको हत्या आरोपमा प्रहरीले उनको सौतेनी छोरालाई पक्राउ गरी सोधपुछ गर्दा यस्तो रहस्य बाहिरिएको हो।

पक्राउ पर्नेमा २५ वर्षीय जयकिशोर यादव रहेका छन्। पटकपटक नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते हत्या भएको थियो।

नागरिकताकै विषयलाई लिएर घरमा आपसी विवाद हुँदा जयकिशोरले खुकुरी प्रहार गरी तेतरीदेवीको वीभत्स हत्या गरेको स्विकार गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। हत्यापछि फरार रहेका उनलाई प्रहरीले असोज ७ गते शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीले अनुसन्धानका लागि जयकिशोरका बुवा शिवनारायणलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार तेतरीदेवी शिवनारायणकी पहिलो पत्नी हुन्। उनीबाट सन्तान नभएपछि शिवनारायणले अर्को विवाह गरेका थिए। जयकिशोर दोस्रो पत्नीबाट भएका सन्तान हुन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार