प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणमा दर्जनौँ उजुरी

अख्तियारले काटेको पत्रमा आन्तरिक अनुगमन शाखाले पठायो लिखित जवाफ

प्राधिकरण अन्तर्गतका आयोजनामा भएको ठेक्का प्रक्रियामा मिलेमतो गरि अनियमितता गरेको आरोपमा नेपाल नागरिक उडड्यान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई अख्तियारले पत्र काटेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, जनकपुर तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न आयोजनामार्फत भएका काममा अनियमितता भएको भन्दै यसको छानबिन थालेको अख्तियार अधिकारीका विरुद्ध पत्र काटेको हो ।

अधिकारीले गरेको शृङ्खलाबद्ध अनियमितताकाविरुद्धमा अख्तियारमा परेका उजुरीका चाङ खोल्न सुरु भएलगत्तै अख्तियारले विवादित छविका उनलाई पत्र काटेको हो । अख्तियारले तीन हप्ताअघि नै अधिकारीमाथि परेको उजुरीमाथि छानबिन गर्न आवस्याक देखिएकाले कागजात उपलब्ध गराउन प्राधिकरणको आन्तरिक अनुगमन शाखामा पत्र पठाएको थियो । तर अधिकारीले सूचना चुहाउने व्यक्तिलाई जे सुकै गर्न सक्ने भन्दै धम्की दिएपछि प्राधिकरण भित्र अख्तियारको पत्रले हलचल सुरु भएपनि सूचना बाहिर आउन सकेको थिएन ।

तीन हप्ताअघि प्राप्त पत्रको जवाफसहित प्राधिकरणको आन्तरिक अनुगमन शाखाले अख्तियारको पत्रको लिखित जवाफ पठाइसकेको भएपनि अख्तियारले मागेको कागजात भने नपठाइएको प्राधिकरण स्रोतले पुष्टि गरेको छ । अनुगमन शाखाका एक अधिकारीले टिभी अन्नपूर्णसँग भने ‘महानिर्देशकज्यूले हाम्रा सबै फोन र सामाजिक सञ्जाललाई समेत निगरानीमा राख्नुभएकाले यसबारेमा थप बोल्न मिल्दैन’ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बा भन्दै रिझाएर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी हुँदा राष्ट्रिय गौरवका आयोजनाको प्रमुख भएर अकुत सम्पत्ति आर्जन गरेका अधिकारीका विरुद्धमा सम्पत्ति शुद्धीकरण विभागमा समेत दर्जनौँ उजुरी परेका छन् ।

राष्ट्रिय गौरवको आयोजनामा चरम अनियमितता गरेर राज्यको करोडौँ कुम्ल्याएको उनै अधिकारी सरकार फेरिएसँगै प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई मोटो रकम बुझाएर प्राधिकरणका वरिष्ठ अधिकारीलाई पछि पार्दे महानिर्देशक बन्न सफल भएका हुन । आयोजना प्रमुख हुँदा दर्जनौँ अनियमितताका घटनामा मुछिएका विवादित व्यक्तिलाई सरकारले महानिर्देशक बनाउने निर्णय गरेपछि यसको चौतर्फी आलोचना भएको थियो ।

विवादै विवादको चाङमा उभिएर प्राधिकरण हाँकेका अधिकारीका विरुद्ध परेका धरै उजुरीमा मौन बसेको अख्तियारले महानिर्देशकको बागडोर सम्हालेपछि झन् उग्र विवादित काम गर्न थालेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हुन सक्ने प्राधिकरणभित्रका उच्च अधिकृतहरू बताउँछन् ।

आफुनिकटसँग प्रधानमन्त्रीदेखि सबै दलका नेताहरूलाई पैसाले बुजो लगाइदिएकाले आफ्ना अघि शिर ठाडो पार्न समेत नसक्ने बताउने गरेका प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एक कार्यक्रममा सार्वजनिक रूपमै विभागीय मन्त्रीका अघि आफै स्टेट भएकोसम्म भन्न भ्याएका थिए ।

अख्तियार, सम्पत्ति शुद्धीकरण विभागको विषयमा समेत पैसाका अघि यस्ता विभाग निकम्मा हुने गरेको भन्दै अहिले पनि अधिकारीले आफु निकटलाई जम्मा पारेर रौँ नहल्निे भन्ने गरेको प्राधिकरणकै कर्मचारीहरू बताउँछन् ।

सरकारले अवैध रूपमा अधिकारीलाई महानिर्देशक बनाएकाले यसको खारेजीका लागि भन्दै सर्वोच्चमा परेको उजुरीमा अदालतले अन्तरिम आदेश दिए पनि सरकारले यसको कार्यान्वयन नगर्दा अधिकारी महानिर्देशकको कुर्चीमा बसेर राज्यको अरबौँ क्षति पुर्याईरहेका छन् ।

आन्तरिक आदेशले नहुने पूर्ण फैसला चाहिने भन्दै अदालतको आदेश विरुद्ध प्राधिकरण चलाइरहेका अधिकारीले अन्तिम फैसलालाई तोकिएको पेशि समेत दर्जनौँ पटक सार्न आफुले सेटिंग मिलाएको समेत बताउने गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार