डुबेर १४ वर्षीय बालकको मृत्यु

खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का १४ वर्षीय अभिषेक भुसालको तुलसीपुर–१२ स्थित ग्वारखोलामा नुहाउने क्रममा आइतबार बेलुका डुबेर मृत्यु भएको छ।

दाजुसहित नुहाउन भनेर राप्ती बबई क्याम्पसको नजिकको ग्वारखोला पुलनजिकै गएका भुसालको स्थानीय उरहरी–जस्पुर सिँचाइ कुलो बाँधेमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

गाउँमा सिँचाइका लागि पानी डोर्‍याउन बाँधेको बाँधमा नुहाउन गएकामध्ये भुसालको डुबेर मृत्यु भएको डिएसपी मल्लले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार