काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ ।
बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।
आममानिसलाई नक्कली कलाकार, गायकको कागजात बनाएर अस्ट्रेलियामा पठाउने गरेको भन्दै समाचारहरू आएका थिए । उक्त समाचारहरू बाहिरिएपछि ब्युरोको टोलीले छापा मारेको ब्युरो प्रवक्ता एवं एसपी गौतम मिश्रले बताए ।
संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको उनले जानकारी दिए । त्यहाँबाट प्रहरीले कागजात बरामद गरेको छ । घटनामा प्रहरीले कसैलाई नियन्त्रणमा भने लिएको छैन ।