चम्पादेवी ककनी मन्दिर पहिरोले बगायो

Image

अविरल वर्षासँगै आएको पहिरोले ओखलढुङ्गा जिल्लाको प्रसिद्ध धार्मिक स्थल चम्पादेवी ककनीको मन्दिर बगाएको छ । चम्पादेवी र सुनकोशी गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिकस्थल चम्पादेवीको मन्दिर पहिरोले बगाएको हो ।

मन्दिरभन्दा माथीबाट आएको पहिरोले पूर्ण रुपमा ककनीको मन्दिर बगाएको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए । केही साताअघिको पहिरोले सामान्य क्षती गरेको भएपनि बुधबार राती आएको पहिरोले मन्दिर पूर्ण रुपमा बगाएको अध्यक्ष केसीको भनाइ छ ।

पुरातात्वीक महत्व बोकेको र यस क्षेत्रकै प्रसिद्ध धार्मिकस्थल भएकाले यसको पुन निर्माण गरिने उनले बताए । गाउँपालिकाले मात्र पुनः निर्माण गर्न नसकिने भएकाले प्रदेश र संघ सरकार संग समन्वय गरिने अध्यक्ष केसीले जानकारी दिए । रहेक वर्षको ठुली एकादशीमा यहाँ मेला लाग्छ । दर्शनार्थीहरुले शक्ती पिठका रुपमा यहाँ पूजा आजा गर्ने गर्दछन् ।