नबिल बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा लोड गर्न मिल्ने

Image

डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोडसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

यस सेवाबाट नबिल बैंकको सेवाग्राहीहरुले सरल तथा सुलभ रुपमा आईएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास राखिएको छ ।

आईएमई पे आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।