काठमाण्डौंबाट पोखरा जाँदै गरेको माईक्रो दुर्घटना हुँदा १५ जना घाइते

Image

धादिङको गल्छी गाउँपालिकास्थित सिम बजारमा माईक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

काठमाण्डौंबाट पोखरा जाँदै गरेको इभी माईक्रो बस वर्षाका कारण सडक चिप्लो हुँदा सडकमै पल्टिएको छ ।

माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।