आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दीमा खस्यो बस

Image

तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ ।

शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ । डोरी लगाएर उद्धार गर्न थालिएको एसपी शाहीले बताए ।

बस कहाँबाट कहाँ जाँदै थियो, कति जना यात्रु थिए र अन्य विवरण खुलिसकेको छैन ।