तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा खसेको बस भारतीय नम्बर प्लेटको रहेको खुलेको छ ।
यूपी ५३ एसटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस भएको बताइएको छ तर पुष्टि भने हुन बाँकी छ । बसमा ४० जना यात्रुहरु सवार रहेको बताइएको छ । तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीका अनुसार घाइतेको उद्दार भइरहेको छ ।