तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्तासमेत रहेका डिएसपी शैलेन्द्र थापाका अनुसार दिउँसो १ बजेसम्म १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।
बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ । तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा भारतीय नागरिकहरू रहेका थिए । बसमा करिब ४० जना यात्रु रहेको अनुमान छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।