सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्ने–नगर्ने लगायतका ११ वटा एजेण्डा रहेका छन् ।
गत साउन २३ गतेदेखि प्रारम्भ भएको बैठक २८ गतेसम्म चलेको थियो । बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक आजदेखि जारी रहेको हो ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माले दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने भनी पार्टीमा राखेको प्रस्तावले संस्थापक पक्ष झस्किएको छ । संस्थापन पक्ष मध्यमार्गी बाटो अपनाएर महामन्त्री शर्माको प्रस्ताव पारित गर्ने तयारीमा छ । महामन्त्री शर्माको परिमार्जित प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने उल्लेख छ ।
शर्माको प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद ४ पटक हुन पाउने पद्धति बसाल्नुपर्छ । कांग्रेसले यो पद्धतिको अनुशरण गर्नुपर्छ, संवैधानिक बस्दोबस्तका लागि पनि कांग्रेसले यो प्रस्ताव पारित गर्नुपर्छ ।’
कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर महासमिति बैठकदेखि नै विवाद छ । महामन्त्री थापाको प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आमनागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्छ, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।’
संस्थापन पक्ष मध्यमार्गी बाटो अपनाएर महामन्त्री शर्माको प्रस्ताव पारित गर्ने तयारीमा छ ।