ऐनापहरा बस दुर्घटनाका १२ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

Image

तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा भएको भारतीय बस दुर्घटनाका १२ जना घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान ११:३० मा मर्स्याङ्दी नदीमा खसेको थियो ।

नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट उनीहरूलाई काठमाडौँ ल्याइएको तनहुँका प्रहरी प्रमुख एसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

उनीहरूको उपचार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भइरहेको छ । दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् । अन्यको खोजी कार्य जारी छ ।