मुस्ताङमा हिमपहिरोले थुनिएको खोला बग्न थाल्यो

Image

मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरोले थुनिएको बोक्सीखोला खोला बग्न थालेको छ ।

मानापाथी हिमालबाट खसेको हिमपहिरोले थुनेको खोला अहिले बग्न थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले भने, ‘हिमपहिरोले थुनिएको खोला बग्न थालेको छ ।’

हिमपहिरो खोँचमा अड्किदा खोला थुनिएको थियो । हिमपहिरो र थुनिएको खोलाबाट जोगाउन किनारका ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । प्रमुख जिल्ला अधिकारी पन्तले भने, ‘९ घरका स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । उहाँहरूको सुरक्षित बासको व्यवस्था मिलाउने काम हुँदैछ ।’