फेवातालमा डुबेर १३ वर्षीय बालकको मृत्यु

Image

कास्कीको पोखरास्थित फेवातालमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ ।

पर्वतको फलेबास नगरपालिका २ थापाठाना घर भई पोखरा ७ अन्नपूर्ण टोलमा बस्ने १३ वर्षीय प्रस्ताव क्षेत्रीको शव फेवातालमा डुबेको अवस्थामा भेटिएको कास्कीका प्हरी प्रमुख एससपी मोहन थापाले जानकारी दिए ।

उनी बिहीबार दिउँसो साढे १ बजेदेखि हराएको सूचना प्राप्त भएपछि खोजि गर्दा फेवातालमा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।