नालापानीलाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौं– २०८ वर्षअघि भएको अंग्रेजी–नेपाल युद्धमा आधारित रहेर निर्मित फिल्म नालापानीको ‘स्पेसल स्क्रिनिङ’ भएको छ।

नेपाली फौजले देखाएको वीरताको कथामा निर्माण भएको फिल्मलाई विभिन्न क्षेत्रका व्यक्तिले उत्कृष्ट प्रतिक्रिया दिएका छन्।

आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्याल, पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरदप्रताप राणा, केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलगायतले फिल्म हेरेर प्रतिक्रिया दिएका हुन्।

 

सम्बन्धित समाचार