शान्ति मिसनमा डाक्टर पनि पठाइने

काठमाडौं – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई पनि शान्ति मिसनमा पठाउने भएको छ ।रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले एक सूचना निकाल्दै एक वर्षे मिसनका लागि लिविया जान चाहने जनरल सर्जनले आगामी १६ कात्तिकसम्ममा सम्पर्क गर्न अनुरोध गरेको छ । एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरर्गतको स्थायी कर्मचारी हुनुपर्ने र कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने सूचना उल्लेख छ ।

सम्बन्धित समाचार