बागमती नदीले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध

काठमाडौँको गौरीघाटमा बागमती नदीले सर्तकता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले केहीबेर अघि गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले बागमती-मनहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ । 

आज दिउँसो काठमाडौँ उपत्यकालगायत धेरै स्थानमा भारी वर्षा भएको छ ।