निगमको ग्राउन्डेड जहाज भोलिबाट उड्ने

नेपाल वायुसेवा निगमको ए-३२० जहाज ९एन-एकेडब्लु मर्मत पछि भोलि (भदौ ११ गते) बाट नियमित उडान हुने निगमले जनाएको छ ।

भदौ ८ गते बेलुकी प्राविधिक समस्या आई ग्राउन्डेड भएको सो जहाजको हाल मर्मत कार्य भइरहेको छ ।

उक्त जहाजमा लाग्ने स्पेयर पार्टस अमेरिकाको मियामीबाट झिकाउनुपर्ने भएकोले भोलि बिहानसम्म आइपुग्ने र मर्मत पश्चात ११ बजेबाट नियमित उडानमा पठाइने निगमले जानकारी गराएको छ ।

नियमित मर्मत संभारका बावजुत पनि प्राविधिक समस्या आई जहाज ग्राउन्डेड भएकोले उपलब्ध अन्य जहाजबाट पूर्व निर्धारित उडानहरू सूचारु राखिएको निगमका प्रवक्ता रमेश पौडेलले जनाएका छन् ।