आईएमई लाइफ इन्स्योरेन्सबाट सीईओ फुँयाल बाहिरिए, कामु जिम्मेवारी अमात्यलाई

आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट कवि फुँयाल बाहिरिएका छन् ।

कम्पनीले कायममुकायमको जिम्मेवारी उपकार्यकारी निर्देशक दिनेश बहादुर अमात्यलाई दिएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको कामु जिम्मेवारीमा उपकार्यकारी अमात्यलाई दिएको हो ।