ओमानका विदेशमन्त्री शैयद बदर बिन हमद बीन हमुद अलबुसाईदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
दुई दिने भ्रमणका लागि सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री शैयदले प्रधाननमन्त्री ओलीसँग आज सिंहदरबारमा भेटवार्ता गरेका हुन् । भ्रमणमा नेपाल र ओमानबीचको सम्बन्ध र आपसी चासोका विषयमा दुईपक्षीय छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा ओमानका विदेशमन्त्री शैयद २ दिने नेपाल भ्रमणका लागि आएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।